Kathmandu Press

नवनियुक्त अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुगे

नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन काठमाडौं आइपुगेका छन्।
नवनियुक्त अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुगे

काठमाडौं, असोज २८ : नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन काठमाडौं आइपुगेका छन्।

यसअघिका राजदूत ¥यान्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि नवनियुक्त राजदूत थम्प्सन नेपाल आइपुगेका हुन्।

राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाटमा बिताउने भएका छन्।

त्यसपछि उनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित मिति: ०७:२२ बजे, शुक्रबार, असोज २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्