Kathmandu Press

देशभरको मौसममा सुधार, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले देशभरीको मौसममा सुधार आइरहेकाले ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ।
देशभरको मौसममा सुधार, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं, असोज २८ : जल तथा मौसम विज्ञान विभागले देशभरीको मौसममा सुधार आइरहेकाले ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ।

विभागका अनुसार हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। जसले गर्दा प्रदेश १ लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, राति पनि प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: ०६:४४ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्