महिला बास्केटबलमा ६ टिम मात्रै
शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, सङ्घसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ । झाँकी निर्मल मावि प्राङ्गणमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।
तनहुँ, असोज २७ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत हुने महिला बास्केटबलमा ६ टिमको मात्र सहभागीता हुने भएको छ। तनहुँको दमौलीमा शुक्रबारबाट सुरु हुने महिला बास्केटबलमा सहभागी हुने ६ टिम दमौली आइपुगेको छन्।
महिला बास्केटबल दुई विधामा खेल सञ्चालन हुनेछ । जसमा ६ जना र ३ जनाको दुई विधा छ । ५ जना खेल्ने खेलमा प्रदेशका ६ टिम र ३ जना खेल्ने खेलमा ६ प्रदेशसहित आठ वटा टिमको सहभागिता रहने छ। जसमा नेपाल प्रहरी र नेपाली सेना छन्।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका लागि बजार क्षेत्रमा स्वागतगेट, व्यानर टाँसिएको छ ।
शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, सङ्घसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ । झाँकी निर्मल मावि प्राङ्गणमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।
असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित मिति: २१:३७ बजे, बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार