Kathmandu Press

फेन्सिङमा एपिएफले जित्यो स्वर्ण

पोखरा रंगशालामा भएको ‘फेन्सिङको महिला टिम इभेन्ट’को फाइनलमा बागमती प्रदेशलाई ४५–३६ ले पछि पार्दै एपिएफले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको हो।
फेन्सिङमा एपिएफले जित्यो स्वर्ण

कास्की, असाेज २७ : विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालामा भएको ‘फेन्सिङको महिला टिम इभेन्ट’को फाइनलमा बागमती प्रदेशलाई ४५–३६ ले पछि पार्दै एपिएफले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको हो।

फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । उपविजेता बनेको वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदक पाए ।

यही असोज २४ देखि जारी फेन्सिङ खेलको हालसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा छ ।

हालसम्म बागमतीले चार स्वर्ण र दुई रजतसहित छ कास्यपदक जितेको छ । विभागीय टोली आर्मीले तीन स्वर्ण, पाँच रजत र सात कास्यसहित १५ पदक जितेर बागमतीलाई पछ्याइरको छ ।

यसैगरी एपिएफ दुई स्वर्ण, तीन रजत र छ कास्यपदकसहित ११ पदकका साथ तृतीय स्थानमा छ । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई कास्यसहित तीन पदक र प्रदेश १ ले तीन कास्यसहित पाँचौँ र आयोजक गण्डकी प्रदेशले दुई पदक जितेको छ।

प्रकाशित मिति: २१:३० बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्