मधेस प्रदेशमा सत्ता गठबन्धनका सबै मन्त्री बर्खास्त गर्ने मुख्यमन्त्री राउतको तयारी
संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीहलाई बिहीबार हटाएसँगै मुख्यमन्त्री राउतले यस्ताे गर्ने भएका हुन्।
काठमाडाैं, असाेज २७ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।
संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीहलाई बिहीबार हटाएसँगै मुख्यमन्त्री राउतले यस्ताे गर्ने भएका हुन्।
मधेस प्रदेशमा अहिले जसपा‚ नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ।
प्रदेश सरकारमा कांग्रेसकाको तर्फबाट ३ मन्त्रीहरू भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव‚ खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र माओवादी केन्द्रको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण रहेका छन् ।
यसैगरी एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेका उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री शत्रुघन महतो र प्रदेशसभा तथा कानुनमन्त्री प्रमोद यादव रहेका छन्।











