Kathmandu Press

रामचन्द्र पौडेल गठबन्धनको चुनावी कमाण्डर

सत्ता गठबन्धनको बैठकले प्रदेश र जिल्लास्तरमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय गरेको हाे।
रामचन्द्र पौडेल गठबन्धनको चुनावी कमाण्डर

काठमाडाैं, असाेज २७ : सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको छ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले प्रदेश र जिल्लास्तरमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय गरेको हाे।

यस्तै गठबन्धनकाे बैठकले  चुनावका लागि संयुक्त अपील बनाउन समिति गठन गरेकाे छ। समितिमा कांग्रेसका  प्रकाशशरण महत, माओवादी केन्द्रका हितमान शाक्य, एकीकृत समाजवादीका प्रमेश हमाल र  जनमोर्चाबाट हिमलाल पुरी छन् ।

त्यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको छ।

 

प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्