Kathmandu Press

निर्वाचन आचारसंहिता पालना गराउन कार्यालय प्रमुखहरुलाई आयोगको निर्देशन

बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता पालना गराउन कार्यालय प्रमुखहरुलाई आयोगको निर्देशन

काठमाडौं, असोज २७ : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीत कार्यगर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही गर्न निर्देशन दिएको छ ।

बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, कुनै कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुने वा प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्ने वा सामाजिक सञ्जालमार्फत मत माग्ने लगायतका निर्वाचन आचारसंहिता विपरितको काम कारबाही गरेमा त्यस्ता कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मीसमेतलाई निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसूर र सजाय) ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०७९ तथा प्रचलित कानून बमोजिम विभागीय कारबाही गरी सोको जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई गराउन निर्वाचन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ ।’

आयोगले निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगको सचिवालयले कारबाही प्रारम्भ गर्ने पनि निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: १९:३२ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्