Kathmandu Press

लुम्बिनीबाट ओलम्पिक टर्च र्याली

लुम्बिनीबाट ओलम्पिक टर्च र्याली

लुम्बिनी, असाेज २७ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन्। लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गरे।

मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने सात सदस्यीय सो टोली लुम्बिनीस्थित शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुुग्नेछ। खेलाडीहरू बिहीबार बिहान शान्तिदीपबाट जलाइएको टर्च लिएर लुम्बिनीस्थित मुख्य मायादेवी मन्दिर परिसरको परिक्रमा गरी पोखरातर्फ प्रस्थान गरेका छन् ।

सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभयो । नेपाल खोखो सङ्घका महासचिवसमेत रहनुभएका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूूमि शान्तिदीपबाट लिएर गएको टर्चले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताए।

ओलम्पिक टर्च र्‍यालीका संयोजक मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको टर्च पोखराका ओलम्पियनहरूमाझ पुुर्‍याएर ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

खेलाडीहरूलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुुरातत्व शाखा प्रमुख हिमाल उप्रेती तथा लुम्बिनीका पर्यटन व्यवसायीहरूले खादा ओढाएर स्वागतसहित सफलताको शुभकामना दिएका थिए। नवौँ बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरू भइरहेका छन्।

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्