Kathmandu Press

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, ४९५ प्रकारका मतपत्र छापिने

बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको हो।
प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, ४९५ प्रकारका मतपत्र छापिने

काठमाडौं, असोज २७ : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको छ। 

बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको हो। समानुपातिकतर्फको मतपत्र छपाइ भने सकिएको आयोगको भनाइ छ। प्रत्यक्षतर्फको मतपत्रमा उम्मदेवारको मात्र चिह्न रहने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिनेछन्। भक्तपुरमा रहेको जनक शिक्षा समाग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्रको छपाइ भइरहेको छ।

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्