उम्मेदवारी खारेजीविरुद्धको रिट लिएर सर्वोच्च पुगे एकीकृत समाजवादीका गुरुङ
उम्मेदवारी खारेज भएपछि गुरुङ निर्वाचन अधिकृतको कार्यालयको निर्णय खारेज गरी आफ्नो मनोनयन कायम गरिपाऊँ भन्दै सर्वोच्च पुगेका हुन्।
काठमाडौं, असोज २७ : नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङ निर्वाचन अधिकृतको कार्यालयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। रुपन्देही–२ मा आफ्नो उम्मेदवारी खारेज भएपछि बिहीबार त्यसविरुद्धको रिट लिएर नेता गुरुङ सर्वोच्च पुगेका हुन् ।
सत्तारुढ गठबन्धनबाट रुपन्देही–२ मा उम्मेदवार बनेका गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो ।
उम्मेदवारी खारेज भएपछि गुरुङ निर्वाचन अधिकृतको कार्यालयको निर्णय खारेज गरी आफ्नो मनोनयन कायम गरिपाऊँ भन्दै सर्वोच्च पुगेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रुपन्देही( २ मा उम्मेदवारी खारेजीको विषयमा रिट पेस भएको र दर्ताको प्रक्रियामा रहेको जानकारी दिए।
रुपन्देही-२ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि उम्मेदवार छन् । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलसं) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि मनोनयन खारेज गरिएको थियो।











