दुईजनामाथि धारिलो हतियार प्रहार गर्ने आठजना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै असोज २५ गते बिहान ५ बजे हनुमान चोकमा दुई जनालाई मोटरसाइकलबाट पिछा गरी योजनाबद्ध तवरले पछाडिबाट धारिलो हतियारले प्रहार गर्ने व्यक्तिहरुलाई सार्वजनिक गरेको हो।
काठमाडाैं, असाेज २७ : प्रहरीले काठमाडौंको गल्कोपाखास्थित हनुमान चोकनजिक दुईजनालाई धारिलो हतियार प्रहार गर्ने ८ जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै असोज २५ गते बिहान ५ बजे हनुमान चोकमा दुई जनालाई मोटरसाइकलबाट पिछा गरी योजनाबद्ध तवरले पछाडिबाट धारिलो हतियारले प्रहार गर्ने व्यक्तिहरुलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा जीवन तामाङ, दोर्जे शेर्पा , बिनोद तामाङ, बिकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदिप तामाङ, दिपेन लामा र करण डंगोल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये करण डंगोलले नै मोटरसाईकलको व्यवस्था गरेको खुलेको परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरुसंग लुकाई छिपाई राखेको ३ वटा खुकुरी प्र.३–००२ –०१० प ३७६५ नं. को एन.एस. मोटरसाइकल, प्र.३–०२–०११ प ४६४७ नं. को २२० सिसिको पल्सर मोटरसाइकल बरामद गरिएको उहाले बताए।
काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा भएको झगडालाई लिएर २ जना बाउन्सरमाथि हनुमान चोकमा हत्या गर्ने योजनासहित धारिलो हतियार प्रहार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।