‘प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’मा नुवाकोट प्रथम
मङ्गलदेखि सुरु भएर आज सम्पन्न भएको प्रतियोगितामा नुवाकोटले १३ स्वर्ण, १० रजत र १७ कास्य गरेर कुल ४० पदकसहित बागमती प्रदेश च्याम्पियन भएको अन्तर्राष्ट्रिय रेफ्री तथा प्रतियोगिताका वरिष्ठ जुरी राम लामाले जानकारी दिए।
त्रिशूली, असाेज २७ : सामरी कल्लाबारी डोजोको आयोजनामा नुवाकोटमा सम्पन्न ‘प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’मा आयोजक नुवाकोट टिम प्रथम भएको छ।
मङ्गलदेखि सुरु भएर आज सम्पन्न भएको प्रतियोगितामा नुवाकोटले १३ स्वर्ण, १० रजत र १७ कास्य गरेर कुल ४० पदकसहित बागमती प्रदेश च्याम्पियन भएको अन्तर्राष्ट्रिय रेफ्री तथा प्रतियोगिताका वरिष्ठ जुरी राम लामाले जानकारी दिए।
उनका अनुसार सिन्धुपाल्चोकले चार स्वर्ण र चार कास्यसहित आठ पदकका साथ दोस्रो र काठमाडौँले तीन स्वर्ण, एक रजत र आठ कास्यसहित १२ पदकका साथ तेस्रो स्थान हासिल ग¥यो। प्रतियोगितामा ललितपुरले १० पदक, धादिङले नौ पदक, भक्तपुर र रसुवाले चार–चार पदक जितेको सितोरियो कराते नुवाकोटका प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिए।
पदक विजेता खेलाडीलाई म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष सीता वाइबासहित खेल क्षेत्रका विभिन्न पदमा रहेका अतिथिले नगद रुपैयाँ, शिल्ड, मेडल, पदकसहित समानपत्र प्रदान गरेका थिए।