Kathmandu Press

आज सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं, मंसिर २६ : बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) का उपलक्ष्यमा आज सार्बजनिक बिदा नदिईएको गृह मन्त्रालयले जनाएको छ ।

किरा....

आज सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं, मंसिर २६ : बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) का उपलक्ष्यमा आज सार्बजनिक बिदा नदिईएको गृह मन्त्रालयले जनाएको छ ।

किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको हो ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए। सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: ०६:५२ बजे, बिहीबार, मंसिर २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्