भीम रावलको प्रश्न : मनपरी गर्ने हो भने पार्टीलाई मार्क्सवादी लेनिनवादी किन भन्ने ?
'के सत्तास्वार्थीमा उक्त किसिमकै क्रियाकलापका लागि झापा सुखानीको जंगलमा क्रान्तिकारीहरु नझुकेर सहीद भएका थिए ? '
काठमाडौं, असोज २७ : नेकपा एमालेका नेता भीम रावलले पार्टीभित्र नेतृत्वले मनपरी गरेको आरोप लगाएका छन् ।
आफूलाई अछाम–१ बाट टिकट नदिएपछि रावलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेतृत्वबाट पार्टीको नीति सिद्धान्त र विधिविधानमाथि प्रहार भएको बताएका हुन् ।
उनले कम्युुनिस्टको सिद्धान्त र कार्यक्रमका विरोधीहरुसँग नेतृत्वले साँठगाँठ गरेर सरकार बनाउने र निर्वाचनमा पनि त्यस्तैसँग मिलेर जनतासँग मत माग्ने राजनीतिक बाटो अंगिकार गर्न महाधिवेशनले दिशानिर्देश नगरेको बताएका छन् ।
नेतृत्वले मनपरी गरेकोले बताउँदै रावलले आक्रोश भने, ‘मनपरी गर्ने हो भने पार्टीलाई माक्र्सवादी लेनिनवादी किन भन्ने ?’ के सत्तास्वार्थीमा उक्त किसिमकै क्रियाकलापका लागि झापा सुखानीको जंगलमा क्रान्तिकारीहरु नझुकेर सहीद भएका थिए ?
प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











