Kathmandu Press

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफकाे लगातार दोस्रो जित

पोखरामा बिहीबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो।
नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफकाे लगातार दोस्रो जित

काठमाडाैं, असाेज २७ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ।

पोखरामा बिहीबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो। गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १ सय ६ बल बाकी रहदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

एपीएफको जितमा कप्तान सिता राना मगरले अविजित १२ तथा ईन्दु बर्माले अविजित ९ रन बनाईन्। गण्डकीका लागि शृष्टि जैसीले १ विकेट लिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १८ दशमलव २ ओभरमा अलआउट हुदै २६ रन बनाएको थियो।  जितसँगै एपीएफ ४ अंक जोड्दै समूह एको शीर्ष स्थानमा कायम रहेको छ। महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ। 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्