कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने
कार्यसम्पादन समितिको बैठक असोज २८ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
काठमाडौं, असोज २७ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।
कार्यसम्पादन समितिको बैठक असोज २८ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा कुनकुन विषयमा छलफल हुने भन्ने विषयमा केही जानकारी दिइएको छ। तथापि मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने नेताहरुको भनाइ छ।
पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्यीय छ। बैठकमा सबैलाई उपस्थित हुन अनुरोध गरिएको छ।

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार