Kathmandu Press

मत सर्वेक्षण गर्नेलाई कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी 

मत सर्वेक्षण गर्नेलाई कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी 

काठमाडौं, असोज २७ : निर्वाचन आयोगले ४ मंसिरमा हुन लागेको आम निर्वाचन, राजनीतिक दल र तिनका उम्मेदवारहरुका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ। 

निर्वाचन नजिकिँदै गर्दा आचारसंहित विपरित कतिपय व्यक्तिहरुले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको पाइएका कारण आयोगले त्यसो नगर्न अनुरोध गरेको हो। 

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४(त) मा उम्मेदवारहरुको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै पनि मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ निर्वाचनलाई प्रतिकुल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्र उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ।’ 

आयोगले आचारसंहिता विपरित कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही गर्नेसमेत चेतावनी दिएको छ।

May be an image of text  

प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्