Kathmandu Press

सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै 

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। 
सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै 

काठमाडौं, असोज २७ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइँदै छ । 

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। 

काठमाडौं जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धान गर्न असोज २० गतेदेखि लागू हुनेगरी ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । सात दिनको म्याद भोलिदेखि समाप्त हुँदै छ । प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गराउन लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागेको हो । 

आफूविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि लामिछाने असोज २० गते नेपाल फर्किएका थिए । उनी त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए । दसैं बिदाका कारण अदालत बन्द भएपछि प्रहरीले लामिछानेलाई २४ असोजमा अदालत उपस्थित गराएको थियो । २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए । 

प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्