Kathmandu Press

इन्टरसँग रोकियो बार्सिलोना, फेरि युरोपा लिगतिर बार्सिलाेना

बार्सिलोनले समूह चरण पार गर्ने एउटै समीकरण भनेको बाँकी दुई खेलमा आफूले जित निकाल्नु पर्ने छ भने इन्टरले २ खेलमा १ अंक मात्र जोड्नु पर्ने छन्।
इन्टरसँग रोकियो बार्सिलोना, फेरि युरोपा लिगतिर बार्सिलाेना

काठमाडाैं, असाेज २७ : युईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले लगातार दोस्रो सिजन पनि खराब प्रर्दशन गरेको छ। अघिल्लो पटक समूह चरण नै पार गर्न असफल भएको बार्सिलोना यो पटक पनि त्यही लयमा छ।

बार्यन म्युनिख, इन्टरमिलानसँगै ग्रुप अफ डेथमा रहेको बार्सिलोना बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा इन्टरसँग ३–३ गोलको बराबरीमा रोकियो । योसँगै उसलको समूह चरण पार गर्ने सम्भावना लगभग समाप्त भएको छ।

बार्सिलोनले समूह चरण पार गर्ने एउकै समीकरण भनेको बाँकी दुई खेलमा आफूले जित निकाल्नु पर्ने छ भने इन्टरले २ खेलमा १ अंक मात्र जोड्नु पर्ने छन्। दुवैले अब बार्यन म्युनिख र भिक्टोरिया प्लेजनसँग ेखल्न बाँकी छ।

बुधबार राति भएको खेलमा इन्टरका लागि निकोलो बरेला, लाउटारो मार्टिनेज र रोबिन गोसेनले गोल गर्दा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले २ तथा उसमान डेम्बेलेले १ गोल गरे। खेलमा बार्सिलोनाले २ पटक पछि परेको अवस्थामा ३–३ को बराबरी खेलेको हो।

समूह सीकै अर्को खेलमा भिक्टोरिया प्लेजनमाथि ४–२को जित निकाल्दै बायर्न नकआउट चरणमा छनोट भएको छ। खेलमा बार्यनका लागि लियोन गोर्टेज्काले २ तथा थोमस मुलर र साडियो मानेले गोल गरे भने भिक्टोरिका एडम भाल्कानोभ र जान क्लिमेन्टले गोल गरेका थिए।

यो जितसँगै बार्यनले लागतार ४ जितसहित १२ अंक जोड्दै अन्तिम १६मा स्थान पक्का ग¥यो । यो समूहमा ७ अंक जोडेको इन्टर दोस्रो र ४ अंकसहित बार्सिलोना तेस्रो स्थानमा रहँदा भिक्टोरिया अंकबिहीन छ।

 

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्