प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)
निर्वाचन आयोगले दाबी विरोधपछि बुधबार अन्तिम नामावली प्रकाशन गरेको हो। आयोगका अनुसार देशभरि प्रतिनिधिसभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन् ।
काठमाडौं, असोज २६ : आसन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको अन्तिम उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ।
निर्वाचन आयोगले दाबी विरोधपछि बुधबार अन्तिम नामावली प्रकाशन गरेको हो। आयोगका अनुसार देशभरि प्रतिनिधिसभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन ।
प्रतिनिधिसभामा कूल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको आयोगले जनाएको छ।
त्यस्तै प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ।
प्रकाशित मिति: २०:४४ बजे, बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











