Kathmandu Press

पहिरोले दाउन्नेमा चार घर विस्थापित, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

पहिरोले दाउन्नेमा चार घर विस्थापित, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

कावासोती, असाेज २६ : पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो जाँदा चार घर विस्थापित भएका छन्। लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्वपश्चिम राजमार्ग र बजारका घरमा चिरा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता सन्तोष पाठकले बताए।

पहिराका कारण सडक चर्किएपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फीरूपमा मात्रै सञ्चालन गरिएको र चर्किएका घरका परिवारका सदस्य र मालसामान सुरक्षित स्थानमा सारिएको पाठकले बताए। सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी गरिएको प्रवक्ता पाठकले बताए।

प्रकाशित मिति: २०:२९ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्