आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्डलाई निर्वाचन आयोगले साेध्याे स्पष्टिकरण

काठमाडाैं, असाेज २६ : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।
उनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ ।

प्रकाशित मिति: २०:०८ बजे, बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1786083934.jpg)






