Kathmandu Press

नागरिकताका सम्बन्धमा अनावश्यक राजनीति नगर्न सत्ता गठबन्धनलाई ओलीको सुझाव

बुधबार काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सम्मेलन समापन कार्यक्रममा ओलीले राष्ट्रपतिजस्तो गरिमामय संस्थामाथि टिकाटिप्पणी गर्दै गठबन्धनले नागरिकताका सम्बन्धमा अनावश्यक राजनीति गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन् ।
नागरिकताका सम्बन्धमा अनावश्यक राजनीति नगर्न सत्ता गठबन्धनलाई ओलीको सुझाव

काठमाडौं, असोज २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताका सम्बन्धमा अनावश्यक राजनीति नगर्न सत्ता गठबन्धनलाई सुझाव दिएका छन् ।

बुधबार काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सम्मेलन समापन कार्यक्रममा ओलीले राष्ट्रपतिजस्तो गरिमामय संस्थामाथि टिकाटिप्पणी गर्दै गठबन्धनले नागरिकताका सम्बन्धमा अनावश्यक राजनीति गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन् ।

उनले एनआरएनएको कार्यक्रममा गृहमन्त्रीले अमार्यादित टिप्पणी र अनर्गल अभिव्यक्ति दिनु निकै गम्भीर बिषय भएको बताए । ओलीले राष्ट्रपतिय संस्थाले प्रतिवाद नगर्ने भएकाले प्रतिवाद नगर्ने संस्थाको सम्बन्धमा नभई आफुसंग नागरिकताका बिषयमा डिवेट गर्न चूनौति दिए ।

मंगलबार एनआरएनकै कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिको असंवैधानिक कदम भएकाले त्यसको विरोध गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका थिए ।

एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनपछि गैर आवासिय नेपालीहरुलाई नागरिकता प्रमाणपत्र दिने कामलाई अघि बढाउने जिकिर गरे । त्यस्तै ओलीले लगानीका लागि झन्झट हटाएर आवश्यक वातावरण बनाउने धारणा पनि राखे । 

प्रकाशित मिति: १९:४७ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्