स्थानीय तहका पदाधिकारीले आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गर्ने पदाधिकारीलाई आयोगले कारबाही गर्ने जनाएको हो। आयोगले निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ।
काठमाडौं, असोज २६ : स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरे कारबाहीमा पर्ने भएका छन्।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गर्ने पदाधिकारीलाई आयोगले कारबाही गर्ने जनाएको हो। आयोगले निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ।
तर, कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।
आयोगको अनुगमनबाट समेत उक्त कार्य देखिएकोले जनाएको छ। ‘निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै आफू निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि) को प्रयोग नगरी आचारसंहिता प्रतिकूल नहने गरी संलग्न हुन सकिने व्यवस्था छ’, आयोगको सूचनामा उल्लेख गरिएको छ।

-1786083934.jpg)