बरामा एकै परिवारका तीन जनाकाे हत्या आशंकामा श्रीमान् पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुजाता श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् ।
बारा, असाेज २६ : बारामा एकै परिवारकाे तीन जनाकाे हत्याकाे आशंकामा मृतककाे श्रीमान् पक्राउ परेका छन।
बाराकाे प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी तीन वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीकाे दिउँसो साढे २ बजेतिर शव फेला परेकाे थियाे।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुजाता श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् ।
प्रहरीले सुजाताका श्रीमान् भागेको अवस्थामा भेटिएकाे जनाएकाे छ। प्रहरी स्रोतका अनुसार अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ ।
प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रकाशित मिति: १८:४४ बजे, बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1786083934.jpg)






