Kathmandu Press

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकालाई चुनाव चिह्न प्रदान

बुधबार देशभरका सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो।
प्रत्यक्षतर्फ उम्मेदवारी दिएकालाई चुनाव चिह्न प्रदान

काठमाडाैं, असाेज २६ : निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि चुनाव चिह्न प्रदान गरेको छ।

बुधबार देशभरका सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो। प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये केहीले बुधबार उमेदवारी फिर्ता दिएका थिए।

उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै चुनाव चिन्ह प्रदान गरिएको काठमाडौंका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो।

राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको चूनाव चिन्ह  पाएका छन्। अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले चुनाव चिह्नहरुको समूहमध्येबाट चिन्ह प्रदान गरिएको छ। 

प्रकाशित मिति: १८:१९ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्