Kathmandu Press

अनुष्का मिस वर्ल्डको शीर्ष ४० मा 

काठमाडौं, मंसिर २५ :  मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पर्न सफल भएकी छिन्।

बेलायतको लण्डनमा जारी मि....

अनुष्का मिस वर्ल्डको शीर्ष ४० मा 
फाइल

काठमाडौं, मंसिर २५ :  मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पर्न सफल भएकी छिन्।

बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा इन्डोनेसियाकी प्रतिस्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी अनुष्का पहिलो चरणको ‘हेड टु हेड’ च्यालेन्ज जित्न सफल भइन्।

यो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हात पारेसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी हुन्।

उनीसँगै अन्य १० देशका सुन्दरीले हेड टु हेड च्यालेन्ज जितेका छन् जसमा मोल्डोभा, भेनेजुएला, नाइजेरिया, मेक्सिको, फिलिपिन्स, गुयाना, भारत, ट्रिनिड्याड एण्ड तोबागो र प्याराग्वे रहेका छन्।
 

प्रकाशित मिति: १८:५० बजे, बुधबार, मंसिर २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्