बागी उम्मेदवार कोइरालालाई चुनाव चिह्न ‘माछा’, युग पाठकलाई ‘पुतली’

काठमाडौं, असोज २६ : सत्ता गठबन्धनविरुद्व चितवन–३ बाट बागी उम्मेदवार बनेका दिनेश कोइरालाले चुनाव चिह्न ‘माछा’ पाएका छन्।
निर्वाचन आयोगले बुधबार उनलाई उक्त चुनाव चिह्न प्रदान गरेको हो। कांग्रेस नेता डा. शेखर कोइराला समूहका कोइरालालाई एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर समर्थन गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडेको सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्।
झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले निर्वाचन चिह्न ‘पुतली’ पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई चुनाव चिह्न ‘पुतली’ प्रदान गरेको हो।
झापा–५ एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र पनि हो।
प्रकाशित मिति: १८:०२ बजे, बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1786083934.jpg)






