Kathmandu Press

उम्मेदवारी खारेजी निर्णय सच्याउन रुपन्देहीका गठबन्धन दलहरुको माग

नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरिएको भन्दै उनीहरुले निर्णय सच्याउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोगसमक्ष पत्र बुझाएको हो।
उम्मेदवारी खारेजी निर्णय सच्याउन रुपन्देहीका गठबन्धन दलहरुको माग

रुपन्देही, असाेज २६ : रुपन्देही-२ का सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै रुपन्देहीका गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएका छन्।

नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरिएको भन्दै उनीहरुले निर्णय सच्याउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोगसमक्ष पत्र बुझाएको हो।

गठबन्धनका दलहरुले निर्वाचन अधिकृत राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको निजी सचिवालयबाट काजमा आएकाले निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ भन्ने आशंका रहेको समेत जनाएको छ।

उनीहरुले गुरुङको उम्मेदवारी खारेजी नसच्याए त्यसको परिणामको जिम्मा निर्वाचन अधिकृतले नै लिनुपर्ने चेतावनी पनि दिएका छन्।

बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भए पनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको समाजवादीका नेताहरुले जनाएका छन्।

गुरुङ शेयर सदस्य रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको अदालतले जानकारी गराएको छ । 

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्