प्रभु साहको चुनाव चिह्न ‘हातेकल’, गायक श्रेष्ठलाई ‘माछा’ र जगन्नाथ पौडेललाई ‘सूर्यमुखी फूल’
एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन आयोगले बुधबार ह्यान्ड पाइप चुनाव चिह्न दिएको हो।
काठमाडौं, असोज २६ : रौतहट–३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्यान्ड पाइप (हातेकल) कायम भएको छ।
एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन आयोगले बुधबार ह्यान्ड पाइप चुनाव चिह्न दिएको हो।
त्यसैगरी काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले चुनाव चिन्ह माछा पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले टिकट नदिएपछि गायक श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
चितवन–३ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह पाएका छन्। निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवार पौडेललाई उक्त चुनाव चिन्ह दिएको हो।
पौडेलले स्थानीय तह भरतपुर महानगरपालिकाको मेयर पदमा भुइँकटहर चिन्ह पाएका थिए।
प्रकाशित मिति: १७:२० बजे, बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1786083934.jpg)






