Kathmandu Press

घनश्याम भुसाललाई चुनाव चिह्न त्रिभुज

भुसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी राजनीतिक व्याख्या गरेका छन्।
घनश्याम भुसाललाई चुनाव चिह्न त्रिभुज

काठमाडौं, असोज २६ : एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन्।

निर्वाचन कार्यक्रमअनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न बाँड्दा उनलाई त्रिभुज दिएको हो।

भुसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी राजनीतिक व्याख्या गरेका छन्।

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्