Kathmandu Press

बारामा एकै परिवारका तीनजना मृत फेला

मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी तीन वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बारामा एकै परिवारका तीनजना मृत फेला

बारा, असोज २६ : बारामा एकै परिवारका तीनजना मृत भेटिएका छन्।

मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी तीन वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँभन्दा दुई किलोमिटर उत्तरस्थित ढोरा खोला किनारमा उनीहरुको शव भेटिएको प्रहरीको भनाइ छ।

शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले बताएको छ।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्