प्रधानसेनापतिसँग चीनकी राजदूत यान्छीको बिदाइ भेट
राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छिन्।
काठमाडाैं, असाेज २६ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेकी छन्।
राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकाेमा बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छिन्।
प्रकाशित मिति: १६:२२ बजे, बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











