बागी उम्मेदवारी फिर्ता लिनेलाई गठबन्धनकाे धन्यवाद
आज (बुधबार) एक विज्ञप्ति जारी गरेर गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएको हो।
काठमाडौं, असोज २६ : सत्तारूढ गठबन्धनले उम्मेदवारी फिर्ता लिएकोमा बागी उम्मेदवारहरूलाई धन्यवाद दिएको छ।
आज (बुधबार) एक विज्ञप्ति जारी गरेर गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएको हो।
विज्ञप्तिमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुबीच भएको सहमतिअनुरुप सम्बन्धित पार्टीको निर्देशनको पालना गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएका सबै उम्मेदवारलाई धन्यवाद व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए। तर कतिपय क्षेत्रमा बागी उम्मेदवारी कायमै छ।
साथै सर्लाही–२ प्रतिनिधि सभामा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार महेन्द्र राय यादव र सर्लाही–२ (१) मा सुनिल साह र (२) मा कौशल किशोर राय यादव उम्मेदवार भएको पनि विज्ञप्तिमार्फत जानकारी गराइएको छ।











