Kathmandu Press

सिभिल अस्पतालमा कार्यरत डाक्टर इमाडोलमा मृत भेटिइन्

उनको मोबाइलमा फेला परेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको प्रहरीले जनाएको छ।
सिभिल अस्पतालमा कार्यरत डाक्टर इमाडोलमा मृत भेटिइन्

काठमाडौं, असोज २६ : जनकपुर घर भई काठमाडौंको सिभिल अस्पतालमा कार्यरत चिकित्सक डा. सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छन्।

इमाडोलस्थित एउटा घरमा उनी डेरामा बस्दै आएकी थिइन्। मंगलबार दिउँसो २ बजेसम्म पनि उनको कोठाको ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो।

उनको मोबाइलमा फेला परेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको प्रहरीले जनाएको छ।

उनको शव पोस्टमार्टमको लागि पाटन अस्पताल लगिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ। पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइसकेको परिसरको भनाइ छ।

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्