Kathmandu Press

घुस लिँदालिँदै प्रहरी निरीक्षक जय नेपाल पक्राउ

काठमाडौं, मंसिर २५ : नेपाल प्रहरीका प्रहरी निरीक्षक जय नेपाल थापा घुस लिँदालिँदै रंगे हात पक्राउ परेका छन्।

एक जना सेवाग्राहीसँग ४० हजार रुप....

घुस लिँदालिँदै प्रहरी निरीक्षक जय नेपाल पक्राउ
सांकेतिक

काठमाडौं, मंसिर २५ : नेपाल प्रहरीका प्रहरी निरीक्षक जय नेपाल थापा घुस लिँदालिँदै रंगे हात पक्राउ परेका छन्।

एक जना सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदालिँदै प्रहरी निरीक्षक थापालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको खुमलटारबाट पक्राउ गरेको हो।

हरी निरीक्षक थापाले एक जना सेवाग्राहीलाई ठगी मुद्दा मिलाइदिन्छु भनेर घुस लिइरहेका बेला पक्राउ परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

थापा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत छन्।
 

प्रकाशित मिति: १७:२५ बजे, बुधबार, मंसिर २५, २०७६