Kathmandu Press

चितवन–३ मा एमालेले फिर्ता लियाे उम्मेदवारी, सत्ता गठबन्धनका बागीलाई सघाउने तयारी

एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने भने टिकट फिर्ता नलिने पक्षमा रहेको जनाइएको छ।
चितवन–३ मा एमालेले फिर्ता लियाे उम्मेदवारी, सत्ता गठबन्धनका बागीलाई सघाउने तयारी

चितवन, असोज २६ : चितवन–३ को चुनावी राजनीतिले नयाँ मोड लिएको छ। त्यहाँ नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी उम्मेदवारलाई सघाउने भएकाे छ।

एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ। सत्ता गठबन्धनका तर्फबाट त्यहाँ माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्। 

चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका अध्यक्ष केपी ओलीको हस्ताक्षरसहितको पत्रमार्फत न्यौपानेको उम्मेदवारी फिर्ता लिएको जनाइएको छ। एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने भने टिकट फिर्ता नलिने पक्षमा रहेको जनाइएको छ।

न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आए पनि आयोगको निर्णय भने बाँकी रहेको बताइएको छ। तर न्यौपाने आयोगको सम्पर्कमा चाहिँ पुगेका छैनन्।

बागी उम्मेदवार कोइराला ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएको बुझिएको छ। कोइरालाले आफूलाई एमालेले समर्थन गर्ने बताएका छन्।

प्रकाशित मिति: १४:१० बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्