गुठी विधेयकलाई छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल
काठमाडौं, मंसिर २५ : भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विध....
काठमाडौं, मंसिर २५ : भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विधेयक अघि बढाउने बताएकी छिन्।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले गुठी विधेयक अघि बढाउनेबारे तयारी पनि सुरु गरेको बताइन्। ‘गुठी विधेयक अघि बढाउनुपर्ने दुई वटा कारण छन्, पहिलो कारण भनेको धर्म, संस्कृति र परम्पराको संरक्षण पनि हो। अर्को भनेको भूमी व्यवस्थापन हो,’ उनले भनिन्,‘भूमिको संरक्षण र यसलाई उत्पादकत्वसँग जोड्नु हो। यसअघि विधेयकको बुझाइमा समानता नभएर हामी केही समयका लागि पछि हटेका थियौं। अब अघि बढ्छ।”
उनले गुठीलाई समृद्ध बनाउनु आजको आवश्यकत्ता भएको पनि बताइन्। उनले भनिन्,“२०३३ सालको कानूनलाई परिस्कृत गर्नुपर्छ। यसमा केही अप्ठ्यारा र असहजताहरु छन्, यसलाई समृद्ध बनाउनुपर्छ।” मन्त्री अर्यालले संविधानले निर्देशन गरेबमोजिम नै सरकार अघि बढ्ने स्पष्ट पारिन्।
सरकार, सरोकारवाला र विज्ञहरुबीच व्यापक छलफल तथा परामर्श गरेर सहमतिको दस्तावेजको रुपमा विधेयक ल्याइने पनि उनको भनाइ छ।
अहिलेपनि दर्जनभन्दा बढी विधेयक तथा कानूनहरु एक आपसमा बाझिने गरेकाले एउटा काम गर्दा अर्कोले अप्ठ्यारो पारेको पनि उनको गुुनासो छ।






