Kathmandu Press

मनाङबाट प्रदेश सभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित 

मनाङेसँग चुनावी प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका दोर्जे लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् । 
मनाङबाट प्रदेश सभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित 

काठमाडौं, असोज २६ : गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मनाङेसँग चुनावी प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका दोर्जे लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् । 

मनाङ ‘ख’ मा दीपक मनाङेको मात्रै उम्मेदवारी रहेका कारण प्रक्रिया पुर्याएर आजै निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी जिल्ला निर्वाचन कार्यालयको छ  । मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले दिउँसो १ बजेपछि मनाङे निर्विरोध निर्वाचित भएको घोषणा गरिने बताए । 

मनाङेले सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएपनि उम्मेदवारी दर्ता गर्नुअगाडि गठबन्धन छाडिसकेको बताएका थिए । उनले गठबन्धन छाडेको बताएपछि एमालेबाट पनि उम्मेदवारी परेन । स्वतन्त्र उम्मेदवार दोर्जेले पनि बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङे एकल उम्मेदवार कायम भएका हुन् । 

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मनाङेले गण्डकी प्रदेश सरकार गठनमा निर्णायक भूमिका खेले । नेकपा विवाद पेचिलो भएपछि पहिले पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुल मन्त्री बनाएका थिए । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएपछि केही दिनका लागि उनी दोस्रो पटक खेलकुद मन्त्री बनाएका थिए।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि गुरुङले गठबन्धनलाई साथ दिए । उनैको समर्थनमा बनेको कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा उनी युवा तथा खेलमन्त्री कायम छन्। 

प्रकाशित मिति: १२:१० बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्