Kathmandu Press

च्याम्पियन्स लिगमा ठूला क्लबको खराब प्रदर्शन

मंगलबार राति भएका खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड, म्यान्चेस्टर सिटी र पिएसजी रोकिँदा युभेन्टस पराजित भएको छ।
च्याम्पियन्स लिगमा ठूला क्लबको खराब प्रदर्शन

च्याम्पियन्स लिगको समूह चरणको चौथो राउण्डमा ठूला क्लबले खराब प्रदर्शन गरेका छन्। मंगलबार राति भएका खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड, म्यान्चेस्टर सिटी र पिएसजी रोकिँदा युभेन्टस पराजित भएको छ।

मंगलबार राति भएको खेलमा रियल युक्रेनको क्लब सख्तर डोनेस्कसँग १–१को गोलको बरारबीमा रोकिँदा सिटीलाई डेनिस क्लब एफसी कोपनहेगनले गोलरहित बराबरीमा रोक्यो । यता, पिएसजी भने पोर्चुगिज क्लब बेन्फिासँग १–१ को बराबरी खेल्न बाध्य भयो।

यता, इटालियन क्लब युभेन्टस भने पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको इजरायली क्लब मकाबी हाइफसँग २–०को अप्रत्यासित हार बेहोर्न बाध्य भयो।

166552529323961665554198.jpg

दोस्रो हाफको पहिलो मिनेटमै सख्तरले रियलविरुद्ध अग्रता लियो। उसका अलेक्जेन्डर जुकोभले गोल गरेका थिए। एन्टोनियो रुडिगुरले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेपछि रियल हारबाट जोगियो।

पहिलो लेगमा ५–०ले हराएको म्यान्चेस्टर सिटी दोस्रो लेगमा कोपनहेगनसँग गोलरहित बराबरीमा रोकियो। पहिलो हाफमै रियाद महारेजले पेनाल्टीमा गोल गर्न सकेनन् भने सर्जियो गोमेजले रातो कार्ड पाउँदा सिटी दबाबमा आएको थियो।

यता, सुपरस्टार लियोन मेसीविना मैदान उत्रिएको पिएसजी सुरुआती अग्रता जोगाउन नसक्दा रोकियो। ३९औं मिनेटमा पेनाल्टीमा एम्बाप्पेले गोल गर्दैै पिएसजीलाई अग्रता दिलाए। तर, ६२औं मिनेटमा पेनाल्टीमै जोआ मारियोले गोल गरेपछि खेल बराबरीमा सकियो।

awjnpylmtd9umfjbya4u1665554149.jpg

युभेन्टस भने मकाबी हाइफसँग २–०ले पराजित भयो। घरेलु मैदानमा हाफइले पहिलो हाफमै २ गोल गर्दै युभेन्टसलाई स्तब्ध बनायो। उसका लागि दुवै गोल ओमर अट्जिलले गेर।

यस्तै, अन्य खेलमा चेल्सीले एसी मिलान र आरबी लेइजिगले सेल्टिकमाथि समान २–०को जित निकाले भने सेभिया र बोरुसिया टर्डमन्ड तथा आरबी साल्जबर्ग र डाइनामो जाग्रेबले समान  १–१को बराबरी खेले।

 

 

प्रकाशित मिति: १०:३३ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्