Kathmandu Press

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन 

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन 

काठमाडौं, असोज २६ : नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन्।

महासचिव डा भुसालले विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने बताएका छन्। निर्धारित समयसीमाभित्र उम्मेदवारी फिर्ता गरी साङ्गठनिक अनुशासनमा दृढ रहन समेत उनले आग्रह गरेका छन्।

निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी  फिर्ता लिनका लागि समय तोकेको छ। यसअघि पार्टीले गठबन्धनका साझा उम्मेदवारलाई देशभरबाट विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेको थियो।

प्रकाशित मिति: ११:०८ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्