प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हानेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, असोज २६ : काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसेका दावा दोर्जे शेर्पा .(च्याङ्बा), जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
मंगलबार बिहान ड्यूटी सकेर घर फर्किँदै गरेका क्लबका बाउन्सर नितेश राई र छिरिङ लामालाई मोटरसाइकलमा आएको अज्ञात समूहले आक्रमण गरेको थियो ।
आक्रमणबाट नितेशको खुट्टा र छिरिङको टाउकोमा चोट लागेको छ। दुवैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: ११:०२ बजे, बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











