Kathmandu Press

सरकारले सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने

काठमाडौं, मंसिर २५ : सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ। 

बुधबार प्रधानमन्....

सरकारले सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने

काठमाडौं, मंसिर २५ : सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ। 

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख, रजत पदक जित्नेलाई ६ लाख र काश्य पदक जित्ने खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।

सागमा पदक जित्ने खेलाडी तथा प्रशिक्षकहरुलाई प्रधानमन्त्री ओलीले बुधबार बधाई ज्ञापन गर्न बालुवाटार बोलाएका थिए।  मंगलबार सकिएको १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक जितेको थियो। 

प्रकाशित मिति: १६:२४ बजे, बुधबार, मंसिर २५, २०७६