उम्मेदवारी फिर्ता लिने समय बुधबार १ बजेसम्म, ४ बजेपछि चिन्ह दिइने
अन्तिम नामावली प्रकाशन गरिसकेपछि बुधबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम आयोगले तय गरेको छ।
काठमाडौं, अजोस २५ : मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएहरूलाई उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेहरुका लागि बुधबार दिउँसो १० बजेदेखि १ बजेसम्मको समय दिएको छ।
उम्मेदवारी फिर्ता लिन उम्मेदवार र उसका प्रतिनिधि मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु पर्ने छ। बुधबार अपराह्न १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
अन्तिम नामावली प्रकाशन गरिसकेपछि बुधबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम आयोगले तय गरेको छ।
निर्वाचनका लागि प्रतिनिधिसभातर्फ २ हजार २ सय ९१ पुरुष र २ सय ३५ महिलासहित २ हजार ५ सय २६ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभातर्फ ३ हजार १ सय ७८ पुरुष, २ सय ९७ महिला र एक अन्य गरी ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी परेको छ।
मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो । सोही दिन बेलुका आयोगले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेको थियो ।











