सर्वाेच्चले थमाैती गर्याे नेवानिका अध्यक्षाकाे पद
सरकारले गत असार ६ गते अधिकारीलाई निलम्बन गरे लगत्तै उनी सर्वोच्च पुगेर अल्पकालीन आदेश लिएका थिए।
काठमाडाैं, असाेज २५ : सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेकाे छ।
मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले अधिकारीलाई निगमको अध्यक्षमा कामकाज गर्न यसअघि एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
सरकारले गत असार ६ गते अधिकारीलाई निलम्बन गरे लगत्तै उनी सर्वोच्च पुगेर अल्पकालीन आदेश लिएका थिए।
प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











