Kathmandu Press

प्रधानमन्त्रीको उम्मेदवारी कायम, मतदाता नामावलीमा प्रिन्ट मिस्टेक भएको आयोगको प्रष्टोक्ति

नागरिकता र मतदाता नामावलीमा देउवाको जन्ममिति फरक परेको भन्दै परेको उजुरी बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको  छ। 
प्रधानमन्त्रीको उम्मेदवारी कायम, मतदाता नामावलीमा प्रिन्ट मिस्टेक भएको आयोगको प्रष्टोक्ति

काठमाडौं, असोज २५ : आगामी संसदीय निर्वाचनमा  प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायम भएको छ । 

नागरिकता र मतदाता नामावलीमा देउवाको जन्ममिति फरक परेको भन्दै परेको उजुरी बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको  छ । 

उनीविरुद्ध परेको उजुरीमाथि छानविन गर्ने क्रममा कार्यालयले मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेलधुराका मुख्य निर्वाचन अधिकृत  बालकृष्ण वाग्लेले जानकारी दिएका छन् । 

मंगलबार प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उनका प्रत्यासी कर्ण मल्लले उजुरी दिएका थिए । उनले मतदाता नामावली र नागरिकतामा जन्ममिति फरक भएका कारण देउवाको उम्मेदवारी खारेज गर्न माग गरेका थिए । मल्लले नेपाली कांग्रस (बिपि) बाट उम्मेदवारी दिएका छन्। 

 

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्