Kathmandu Press

बुधबार १ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन

मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धनको आधिकारिक उम्मेदवारबाहेकका अन्य उम्मेदवारहरुलाई  उम्मेदवारी फिर्ता लिन बुधबार  दिउँसो १ बजेसम्मको समयसिमा तोकेको हो । 
बुधबार १ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन

काठमाडौं, असोज २५ : सत्ता गठबन्धनले बागी उम्मेदवारहरुलाई भोलि (बुधबार) १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। 

मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धनको आधिकारिक उम्मेदवारबाहेकका अन्य उम्मेदवारहरुलाई  उम्मेदवारी फिर्ता लिन बुधबार  दिउँसो १ बजेसम्मको समयसिमा तोकेको हो । 

बागी उम्मेदवारी फिर्ता गराउन सम्बन्धित पार्टी निकायहरुलाई पनि सम्पूर्ण प्रयास गर्न अनुरोध गरिएको छ । तोकिएको समयसिमाभित्र उम्मेदवारी फिर्ता नलिनेलाई  सम्बन्धित पार्टीले निष्कासन गर्ने विज्ञप्तिमा उल्लेख छ। 

मंगलबारको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए। 

बैठकपछि विज्ञप्ति जारी गर्दै गठबन्धन दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको हो । 

311314902_824092762050486_6234827147972620910_n1665486912.jpg

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्