Kathmandu Press

प्रभु शाहबारे ओलीलाई भीम रावलको प्रश्न : हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को ? 

प्रभु शाहबारे ओलीलाई भीम रावलको प्रश्न : हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को ? 

काठमाडौं, असोज २५  ः नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु शाहको  कदमलाई लिएर नेता भीम रावलले पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन् । शाहले एमालेको टिकट त्यागेर आफ्ना समर्थकसहित स्वतन्त्र उम्मेदवारी दिएपछि नेता रावलले सामाजिक सञ्जालमार्फत अध्यक्ष केपी शर्मामाथि प्रश्न उठाएका हुन् । 

एक टेलिभिज अन्तर्वातामा अध्यक्ष अ‍ोलीले नेता शाहको क्रियाकलाप पहिल्यैदेखि संदिग्ध रहेको बताएपछि रावलले त्यसको जिम्मेवार स्वयं ओली भएको संकेत गरेका हुन् । ओलीले शाहलाई हरियो सर्पको संज्ञा दिएका थिए । 

अध्यक्षको अभिव्यक्तिमा प्रश्न गर्दै रावलले भनेका छन्, ‘ संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?

नेकपा एमालेले रौतहट–३ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न शाहलाई टिकट दिएको थियो । तर शाहले आफ्नो चेतावनी बाबजुद पनि एमालेले जसपासँग चुनावी तालमेल गरेको भन्दै पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले आफूसँगै प्रतिनिधि सभातर्फ ८ र प्रदेशसभातर्फ १७ जनालाई स्वतन्त्र उम्मेदवार बनाएका छन् । 
 

प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्