Kathmandu Press

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी 

बैठकमा आगामी मंसिर ४ गतेको निर्वाचनका लागि गठबन्धनमा आवद्ध दलहरुबाटै परेको बागी उम्मेदवारी र गठबन्धनबाट अलग्गिएर एमालेसँग तालमेल गरेको जसपाबारे छलफल भइरहेको एक नेताले बताए। 
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी 

काठमाडौं, असोज २५ : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । 

बैठकमा आगामी मंसिर ४ गतेको निर्वाचनका लागि गठबन्धनमा आवद्ध दलहरुबाटै परेको बागी उम्मेदवारी र गठबन्धनबाट अलग्गिएर एमालेसँग तालमेल गरेको जसपाबारे छलफल भइरहेको एक नेताले बताए। 

गठबन्धनबाट बाहिरिएपनि जसपाका मन्त्रीहरु सरकारमै छन् । बालुवाटार बैठकमा उनीहरुलाई हटाउने कि विना विभागीय मन्त्री बनाउने भन्नेबारेमा छलफल चलिरहेको छ । यसबारेमा प्रधानमन्त्री देउवाले आफू निकट कानुन व्यवसायीसँग समेत परामर्श गरेका छन् । 

सत्तामा बसेर विपक्षीसँग चुनावी तालमेल गरेको भन्दै गठबन्धन दलका नेताहरुले जसपाका मन्त्री हटाउन प्रधानमन्त्री शेर बहादुर देउवालाई दबाब दिएका थिए । उनले यसबारेमा आन्तरिक छलफल गरेपछि गठबन्धनमा छलफल चलाएका हुन्। 

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव मन्त्री छन् । 

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले मागेजति सिट नदिएको भन्दै अन्तिम अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको थियो ।

प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्