Kathmandu Press

गठबन्धनको बैठक बस्दै, बागी उम्मेदवार र जसपाबारे छलफल हुने 

आजको बैठकमा सरकारमा रहेका जसपाका मन्त्री र गठबन्धनबाट परेको बागी उम्मेदवारीको विषयमा छलफल हुने बताइएको छ।
गठबन्धनको बैठक बस्दै, बागी उम्मेदवार र जसपाबारे छलफल हुने 

काठमाडौं, असोज २५ : सत्ता गठबन्धन दलको बैठक आज बस्दै छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको छ । 

आजको बैठकमा गठबन्धनमा आवद्ध दलबाट परेको बागी उम्मेदवारीको सम्बन्धमा छलफल हुने बताइएको छ । त्यस्तै गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) बारे पनि छलफल हुने बताइएको छ ।

सत्तामा बसेर विपक्षी दलसँग चुनावी तालमेल गरेपछि जसपाबाट सरकारमा रहेका मन्त्रीहरुबारे गठबन्धनले आज ठोस निर्णय लिने बताइएको छ । 

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्